दीपशिखाले किन गरिन् केश मुण्डन ?

आफ्नै लगानीमा फिल्म बनाइरहेकी दीपशिखा खड्काले केश मुण्डन गरेकी छन् । फिल्म छायाँकन चल्दै गर्दा उनले आफ्नो कपाल मुण्डन गरेकी हुन् । कपाल मुण्डन गर्नुको कारण अहिले नै खोल्न नमिल्ने उनको भनाई छ। दीपशिलाको लगानीमा बनेको फिल्म ‘प्रेम लिला’ को यतिबेला पोखराको सकेर राजधानीमा छायांकन भैरहेको छ । फिल्मको कथा समेत उनकै छ । फिल्मलाई जनक पाण्डेले निर्देशन गरिरहेका छन् । पवन गौतमको छायांकन रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र...