राष्ट्रियसभामा बम्जनलाई पक्राउ नगरेमा सांसद कोमल ओलीकाे आपत्ति

राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो ।  सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदा समेत पक्राउमा नपर्दा सरकाले यस बिषयमा जाेड  दिनुपर्ने बताउनुभयाे । उहाँले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडि देखि नै सो घटना सार्वजनिक...

कमरेड, अभिवादनजस्ता शब्दमा बानी पर्न थालेकि छु – कोमल ओली

लोकगायिकाको रूपमा राम्रो छवि बनाएकी कोमल ओलीका पछिल्ला दिनहरू गायनमा भन्दा राजनीतिमा बढ्न थालेको छ । रेडियो नेपालको स्थायी जागिर छाडेर राप्रपामा प्रवेश गरेकी उनी त्यहाँ एक वर्ष पनि टिक्न सकिनन् । टुक्राटुक्रा भएको राप्रपा छोडेर गतहप्ता एमाले प्रवेश गरेपछि उनको चर्चा अझ बढेको छ । उनलाई एमालेले आगामी निर्वाचनका लागि दाङबाट सिफारिस गरेपछि उनको धेरैजसो समय पार्टी केन्द्रीय कार्यालय धुम्बराही र एमाले नेताहरूको घरमा बित्ने गरेको छ ।...