भारतीय लुटेरासँग मिलेर प्रहरी कार्यालय तोडफोड गरेपछि गाउँपालिकाका उपाध्यक्ष पक्राउ

पर्सा जिल्ला, जिराभवानी गाउँपालिकाका उपाध्यक्ष उषा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीकै निर्देशनमा आइतबार इलाका प्रहरी कार्यालय सेढवामा स्थानीयबासी र प्रहरीबीच झडप भएको पाइएपछि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरीले जनाएको छ । नेपाल आएर जाँडरक्सी खाई एउटै मोटरसाइकलमा भारत जान लागेका चार जनालाई पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरी हवल्दार बीरबहादुर गुरुङलार्ई भारततर्फ लगेका थिए । अपहरणको शैलीमा प्रहरी हवलदारलाई भारत लैजादै गरेका बेला उनीहरुलाई एसएसबीको टोलीले पक्राउ...