आज साउन शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा ,गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइदै

काठमाडौं,साउन ११ साउन शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृतमा गुरु को अर्थ अन्धकार र रुरु को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह...