ऋचा शर्मा अभिनित नयाँ चलचित्र ‘सुनकेसरी’जेठ ११ गते प्रदर्शन हुने
नायिका ऋचा शर्माद्वारा निर्मित तथा अभिनित नयाँ चलचित्र ‘सुनकेसरी’ उत्कृष्ट बनेको नायिका ऋचा शर्माले दावी गरेकी छिन् । भूतको कथामा आधारित चलचित्र सुनकेसरीको ट्रेलर समेत डरलाग्दो बनेको छ । अर्पण थापाले निर्देशन गरेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् । चलचित्रको लागि तीन सय वर्ष पुरानो भवन चाहिने भएकोले त्यस्तो...

