चितवनमा प्रहरीको घुमुवा सिआइडी हौ भन्दै २३ वर्षीय महिलालाई जंगलमा लगेर बलात्कार
चितवनमा प्रहरीको घुमुवा सिआइडी हौ भन्दै दुईजना युवाले एक महिलालाई बलात्कार गरेका छन् । पदमपुरका दईजना युवाले कालिका नगरपालिका वडा नम्बर २ थाङ्गखोला जंगलमा लगेर २३ बर्षीय एक महिलालाई बलात्कार गरेका हुन् । बुधबार राती घरमा सबैजना सुतीरहेको अवस्थामा दुईजना युवाहरु गएर पिडितको श्रीमानलाई आफुहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको शिलशिलामा लिन आएको भन्दै उनलाई घरबाट लिएर गएका थिए । पिडितको श्रीमानलाई कुटपिट गरेर उनीहरुले बाटोमा नै छाडेर पुनः...

