चीनमा पाँच वर्षे बालकको १५ पेज लामो बायोडाटाले सबै अचम्मित
एजेन्सी । चिनियाँ किन्डरगार्टनरमा भर्नाका लागि आवेदन दिँदा सांघाइस्थित एक पाँच वर्षे बालकले १५ पेज लामो बायोडाटा बुझाएपछि सबै आश्चर्यमा परेका हुन् । यसरी सो आवेदन चिनियाँ सामाजिक संजाल वेइबोमा पोस्ट हुनासाथै घटना देशभर भाइरल भएको सीजीटीएनले जनाएको छ । विस्तृत रुपमा व्याख्या गरिएको उक्त विवरणमा उनका व्यक्तिगत शोक र हिप–पप, पिआनो, फुटबल जस्ता अतिरिक्त गतिविधिबारे जानकारी दिइनुका साथै साहित्य, इतिहास, विज्ञान, गणित, कला र खेलमा समेत उनी उत्कृष्ट रहेको...

