जर्मनी पहिलो खेलमै पराजित, ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो
साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ । उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १ -१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले हराएको छ । समुह एफ को पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग १-० को हार बेहोरेको हो । खेलमा मेक्सिकोलाई जिताउन हिर्भिङ जुजानोको ३५ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । चार पटकको विश्व बिजेता जर्मनीले खेलमा थुपै अवसर सिर्जना गरे पनि मेक्सिकोले उत्कृष्ट बचाउ गर्दा गोल हुन...

