दशैंका लागि हवाई टिकट धमाधम बुकिङ
-सन्देश दैनिक संवाददाता

दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुको चाप स्थलमार्गसँगै हवाईमार्गमा पनि देखिएको छ । आन्तरिक उडान भर्दै आएका हवाई कम्पनीहरुकाअनुसार दशैंका लागि टिकट धमाधम बुकिङ भइरहेका छन् । बसको अग्रिम टिकट बिक्रीमा भएको किचलोका कारण पनि हवाई मार्गमा चाप बढेको हो । विगतको तुलनामा यस वर्षको दशैंका लागि हवाई टिकटको माग बढेको एयरलाइन्स कम्पनीहरु बताउँछन् । ...