नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री
(रासस) न्यूयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसितस्तरबाट विकसित बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले एसिया सोसाइटीले बुधबार न्यूयोर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले नेपाली जनताले राणा र शाहवंशका निरंकुशताविरुद्ध संघर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत् संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताए । प्रधानमन्त्री ओलीले...

