डोल्पामा सडक ट्र्याक खुल्यो, गाडी गुड्ने कहिले

त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका ६० वर्षीय पदम रोकाय गाडी चढेर डोल्पाबाट सुर्खेत पुग्ने कल्पनामा रमाउन थालेको १४ वर्ष पुगिसकेको छ। अब भने उनी आफ्नो सपना पूरा हुनेमा ढुक्क भएका छन्। जिल्ला सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि १४ वर्षदेखिको सपना अब पूरा हुने भएको छ। मंगलबार सडक उद्घाटन भएपछि उनले भने, ‘सडक आउला कि नआउला भन्दा भन्दै आइपुग्यो। अत्यन्तै खुसी लागेको छ।’ थुप्रै चट्टान र भीरपाखा छिचोल्दै डोल्पा सदरमुकाममा सडक पुगेको छ।...