डोजरले फालेको ढुङ्गाले लागेर ५ जना घाइते
सल्यान डोजरले बाटो खन्दै गर्दा झरेको ढुङ्गा लागेर ५ जना घाइते भएका छन। जिल्लाको सिद्धकुमाख गाउँपालिका-२, सालघारीमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुङ्गाले लागेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आइतबार दिउँसो खेतमा लाने कुलो निर्माण गर्दै गरेका पाँच जनालाई माथिबाट झरेको ढुंगा लागेको हो। सिद्धकुमाख गाउँपालिका २ सालघारीकी ४५ वर्षीया सीता बस्नेत र १६ वर्षीय ओम कुमारी बोहरा गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई...

