धुर्मुस-सुन्तली फिल्म निर्माणकाे तयारीमा
हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् । चलचित्र विकास बोर्डमा केही दिनअघि फिल्म दर्ता गरिएको छ । फिल्मको स्त्रिप्ट तयारीका लागि धुर्मु-सुन्तलीसहित एक टोली पोखरा पुगेको छ । टोलीमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायत छन् । ‘हामीले निर्माण गर्ने फिल्म मुलरुपमा हास्यप्रधान नै हुने भए पनि यसको विषयवस्तुका बारेमा हामी...

