थाइल्याण्डको गुफाबाट उद्धार गरिएका बालकहरु विश्वकप फाइनल हेर्न रुस जान नसक्ने

थाइल्याण्डको गुफाबाट उद्धार गरिएका फुटबल टिमका बच्चाहरुलाई फिफा विश्वकपको फाइनल नहेर्न भनिएको छ ।मंगलबार मात्रै गुफाबाट निकालिएका बच्चाहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्थाका कारण विश्वकप हेर्न रसिया जान नमिल्ने चिकित्सकले बताएका छन् । दुई सातासम्म गुफा भित्रै थुनिएर बसेका उनीहरुलाई लामो प्रयासपछि उद्धार गरिएकाले उनीहरुलाई अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । उनीहरुलाई ब्राजिलियन फुटबलर रोनाल्डो, इंङ्ग्ल्याण्डका जोन स्टोन्स र अर्जेन्टिनाका लियोनल मेस्सीले शुभकामना पनि दिएका छन् । फिफाका अध्यक्ष...