धनमाल चोरी कार्यमा सक्रिय महिला पक्राउ
भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा गरगहना र धनमाल चोरी कार्यमा सक्रिय महिला पक्राउ परेकी छिन् । मकवानपुर घर भई नवलपुरको गैँडाकोटमा व्यवसाय गर्दै आएकी ३२ वर्षिया शोभा विकलाई प्रहरीले पक्राउ गरेको हो । उनी सहित चोरी समान खरिद गर्ने दुई व्यपारी पनि पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन मार्फत घटनाको बारेमा जानकारी दिएको छ । जिल्ला प्रहरी कर्यालय चितवनका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले विकस“ग सुन...

