अभिनेत्री नताशालाई कोरोना संक्रमण
एजेन्सी । अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीमा कोरोना पोजेटिभ देखिएको छ । केही दिनअघि मात्रै एक विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो । एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफूमा कोरोना देखिएको पुष्टि गरेकी हुन् । उनले भनेकी छिन्, “करिब ६ दिनअघि म एक जरुरी कामका कारण पुणे गएको थिएँ । त्याँहाबाट फर्केपछि मलाई सञ्चो नभएपछि तीन दिनअघि मैले कोरोना परिक्षण गराएको थिएँ...

