राष्ट्र बैंकले आजदेखि नयाँ नोट साटिदिने
आजदेखि दसैं र तिहारका लागि राष्ट्र बैंकले नयाँ नोट साटिदिने व्यवस्था गरेको छ। एक जनाले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले प्रत्येक वर्ष दसैँको अवसरमा सर्वसाधारणको लागि नयाँ नोट सटही सेवा प्रदान गर्दै आएको छ। राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका नोट सटही गर्ने व्यवस्था मिलाएको छ। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ असोजदेखि नै नयाँ...

