नेकपाकाे पहिलो बैठक आज बालुवाटारमा बस्दै
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीकेन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएपछि आज पहिलो बैठक बोलाएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा पार्टीका दुई जना अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । पहिलो बैठक भएकाले केन्द्रीय सदस्यहरुबीच परिचय गर्ने, निर्वाचन आयोगको प्रक्रियाका लागि हस्ताक्षरसहितका कागजात संकलन गर्ने पनि बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा नागरिकतासहित उपस्थित हुन...

