डाक्टरको लाइसेन्स परीक्षामा ५९५ जना फेल
-सन्देश दैनिक संवाददाता

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स )परिक्षामा २४ प्रतिशत मात्र पास भएका छन्। ७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सको लागि लिएको परिक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परिक्षा पास गरेका काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए। एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यतिधेरै फेल भएको सम्भवत यो नै पहिलो हो। उनले भने  शनिबारको परीक्षामा एमबीबीएसतर्फ ७७६ जनाले परीक्षा दिएकोमा १८९ जना मात्रै पास भएका छन्, हामीले लिएको परिक्षामा सबै...