कानुनमन्त्रीले भने- अब हामी अाधुनिक कृषि उत्पादनको बारेमा सोच्ने बेला अायाे
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् । सोमबार बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नम्बर–१ की प्रदेशसभा सदस्य उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका लागि उपस्थित थिए । उनले क्वाटरमा कार्यरत् कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यहीँ फलाउन निर्देशनसमेत दिए । मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्नेक्रम रोक्नका...

