बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३१ बेपत्ता

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ । गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् । विपद्बाट सिर्जित समस्याले हालसम्म ६९ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन् । यसैगरी ३८ जना घाइते भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् । हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३...

सोमबार ११ः४५ बजेसम्म बाढी, पहिरो र डुबानमा ६७ जनाको मृत्यु

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार ११ः४५ बजेसम्म ६७ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जनाको मृत्यु भएको हो। प्रहरीले दिएको पछिल्लो तथ्यांकअनुसार झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप,...