इङ्ल्यान्डमाथी क्रोशियाको ऐतिहासिक जित, पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश

इङ्ल्यान्डमाथी रोमाञ्चक जित हात पार्दै क्रोशिया ऐतिहासिक रुपमा विश्वकप फुटबलमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । आज (विहिबार) बिहान सम्पन्न अन्तिम सेमिफाइनलमा उपाधी दाबेदार इङ्ल्यान्डलाइ २-१ गोल अन्तरले पराजित गर्दै पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटमा दुबै टिम १-१ को बराबरी खेलेपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०९ औं मिनेटमा जर्सी नम्बर १७ का खेलाडी मन्डाजिकले गरेको गोलको मद्दतमा क्रोशिया २-१ को जित निकाल्दै...