बुढीगण्डकीलाई १८ अर्ब बजेट, मुआब्जा वितरण सक्ने लक्ष्य
सरकारले आगामी आर्थिक वर्ष २०७५ र०७६ मा बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १७ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी वर्ष झण्डै ८ अर्ब बढी बजेट दिएको हो । आगामी वर्षका लागि विनियोजन गरेको रकममध्ये अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि मात्रै १७ अर्ब ७३ करोड छुट्याइएको छ । बाँकी रकमले पुनर्बास र पुनर्स्थापनाका कामहरु पनि सुरु...

