गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद बस्यालले आज शपथ लिँदै

पोखरा – गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ गराउने कार्यक्रम तय भएको छ। संविधान अनुसार प्रदेश प्रमुखले ज्येष्ठ सांसदलाई शपथ गराउने र उनै ज्येष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ। बस्याल ६५ वर्षका भए। ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन्। प्रदेश प्रमुखको निवासमा बस्याललाई शपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए। यहाँका अन्य...

भोलिका लागि बोलाईएको प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिनुभयो । आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । ...