विस्तृत शान्ति सम्झौता भएको १२ वर्षः पीडितले अझै न्याय पाएनन्
-सन्देश दैनिक संवाददाता
तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा भएको छ । माओवादी पार्टीले चलाएको १० बर्षे सशस्त्र युद्धलाई व्यवस्थापन गर्नका लागि २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा भए पनि द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्षहरुको भने अझै सम्बोधन हुन सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको शान्ति सम्झौता अनुसार सम्झौता लागू...

