नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा तल्ला कमिटिको एकीकरण, स्थायी कमिटी बैठकको एजेण्डा तय तथा सरकारको कामकारबाहीबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजको बैठकमा प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको लागि बनाइएको कार्यदलले आफ्नो प्रस्ताव पेश गर्ने छ । कार्यदलले तयार पारेको प्रस्तावमा शीर्ष नेताहरुको छलफल पछि स्थायी कमिटी बैठकको एजेण्डा तय गर्ने बताइएको छ । स्थायी कमिटी बैठक...
९ गते हुने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता टरेको छ। मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकता गृहकार्य नपुग्ने भन्दै टरेको हो। यसअघि सोमबार नै बसेको एमाले स्थायी समितिको बैठकले बैशाख ९ गतेलाई तोकिएको पार्टी एकता कार्यक्रमलाई पर धकेल्न नहुने निष्कर्ष निकालेको थियो। तर आजको बैठकमा तयारी नपुग्ने भन्दै ९ गतेलाई नहुने भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यस्तै बैठकले प्रतिवेदनको अन्तिम...

