प्रधानन्यायाधीशको टुंगो लगाउला त आजको बैठकले ?
प्रस्तावित प्रधान न्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्ने विषयमा निर्णय गर्न आज पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ। बैठक विहान साढे १० बजेको लागि बोलाइएको हो। समितिले जोशीको सुनवाई गरेको नौ दिन बितिसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने अथवा नगर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। जोशीको कार्यसम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएको जस्ता कारणले नेकपाका सांसद जोशीको नाम अनुमोदन नगर्ने तयारीमा छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले भने न्यायालयसम्बन्धी विषयमा...

