प्रहरीलाई दत्तचित भएर लाग्न गृहमन्त्री रामबहादुर थापाको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ । कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा शुक्रवार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७४ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाले समाजमा महिला, दलित, सीमान्तकृत वर्ग लगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल...