काठमाडौंमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर उच्च सुरक्षा सतर्कता, २५ सय प्रहरी परिचालन
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षाव्यवस्था कडा पार्ने भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको छ । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, आज काठमाडौंमा २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । “शुक्रबार हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनेको छ । आवश्यकताअनुसार...

