प्लाज्मा थेरापीबाट उपचारमा विशेषज्ञहरुले उठाए प्रश्न
देशका विभिन्न अस्पतालमा ‘प्लाज्मा थेरापी’बाट कोभिड १९ संक्रमणको उपचार भइरहेको सम्बन्धमा विशेषज्ञहरूले प्रश्न उठाएका छन् । सरकारले देशभर २२ वटा अस्पतालमा कोभिड १९ संक्रमणमा परेका बिरामीहरुलाई ‘प्लाज्मा थेरापी’बाट उपचार गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका २२ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गराउन सुरु गरेको छ । जसमा विशेषज्ञहरुले विनापरीक्षण नै प्लाज्मा थेरापीबाट उपचार गर्दा त्यसले बिरामीको शरीरमा गम्भीर असरसमेत पार्नसक्ने जनाएका हुन् । रक्तविशेषज्ञ डा. विशेष पौडेलले प्लाज्माबाट हुने उपचार कोभिड-१९ को लागि...

