फिल्म ‘रामकहानी’को प्रोमो रिलिज
अभिनेत्री पूजा शर्माले निर्माण तथा अभिनय गरेको फिल्म ‘रामकहानी’को प्रोमो रिलिज भएको छ । सुदर्शन थापा निर्देशित फिल्ममा पहिलो पटक हरर कमेडी पनि समेटिएको छ । पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय रहेको फिल्म कमेडी लभस्टोरी बताइएको थियो । सुदर्शन थापा प्रोडक्सनको व्यानरमा पूजा र सुदर्शनले निर्माण गरेको फिल्ममा महेश दवाडी र दिनेश...

