फोटो पत्रकारहरुको भेला नौ बुदे चितवन घोषणापत्र जारी गर्दै सकियो
नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेला नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ । सौराहामा सम्पन्न भेलाले लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्र निर्माणमा फोटो पत्रकारले महत्वपूर्ण योगदान गर्ने निष्कर्षसहित सो घोषणापत्र जारी गरिएको हो । यही जेठ १६ र १७ गते भएको भेलापछि आज सार्वजनिक घोषणापत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सहयोग गर्ने उल्लेख छ । देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारलाई नेपाल फोटो पत्रकार महासंघमा गोलबद्ध गर्न पहल...

