बार्सिलोनालाई हराउँदै पीएसजी युइएफएको क्वाटरफाइनलमा
एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो । घरेलु मैदान पार्क दि प्रिन्सेसमा गयराति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका...

