काठमाडौंका ५ स्थानमा फ्री वाइफाइ सेवा, कहाँ–कहाँ छ यस्तो सेवा ?

काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याउने भएको छ । महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा सञ्चानलनमा ल्याउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने भएको हो । सो सेवा सञ्चालन गर्न महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेशनबीच सम्झौता भएको छ । आइतबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड...