काठमाडौं । फ्रेन्च लिगमा सावित्रा भण्डारीले गोल गरेकी छिन् । गुइनग्याम्पबाट ब्यवसायीक फुटबल खेलिरहेकी सावित्राले लिलीविरुद्धको खेलमा गोल गरेकी हुन् । सावित्राकै गोलको सहयोगमा गुइनग्याम्पले लिलीलाई २–० ले हराएको छ । एन्टोनी स्टारोवाले ५६ औं मिनेटमा पेनाल्टीमार्फत गुइनग्याम्पलाई खेलमा अग्रता दिलाएकी थिईन् । खेलको इन्जुरी समयमा सावित्राले उत्कृष्ट गर्दै क्लबको जित निश्चित गरिन् । गुइनग्याम्पका लागि सावित्राको यो पहिलो गोल हो । सावित्रा बेन्चबाट मैदान छिरेर क्लबका लागि गोल गरेकी हुन् । सावित्राको कलब...
काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५–० ले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो । पीएसजीका लागि लियोनल मेस्सीले दुई तथा नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए...
एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारलाई फ्रेन्च लिग वानमा दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सिलेसँगको खेलमा १-० गोलको हार व्यहोर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका नेयरमालाई आयोजकले दुई खेलमा प्रतिबन्ध लगाएको हो । मार्सिलेविरुद्धको खेलमा नेयमारले विपक्षी टोलीका खेलाडी अल्भारो गोन्जालेजको टाउकोमा पछाडिबाट हानेपछि उनलाई रेफ्रीले भीआरको सहायतामा रातो कार्ड दिएका थिए । मैदान बाहिरिँदा नेयमारले अल्भारोबाट जातीय दुर्व्यवहारको सिकार भए भएको आरोप लगाएका थिए । तर, अल्भारोले उक्त आरोप अस्वीकार...

