बालिकालाई दुई सातासम्म बलात्कार, एक जना पक्राउ

रौतहट । बलात्कार तथा अपहरण मुद्दामा रौतहटको गुजरा नगरपालिकाका एकजना पक्राउ परेका छन् । गुजरा–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएको हो । फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । पीडित १४...