४ कात्तिक, काठमाडौं । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढीपहिरो पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुई-दुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो । यो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका बाढीपहिरो पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनको विशेष पहलमा सो सामग्री दिन लागिएको हो । भोटेकोसी...

