कालीमाटी तरकारी बजारमा व्यापारीको दादागिरीः अनुगमनमा गएको सरकारी टोलीलाई ब्यापारीले थुने
काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका हुन्। व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइरहेका छन्। सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा प्रहरी परिचालन गरिएको छ। आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनुगमनमा अबरोध गर्ने ब्यापारीलाई कारवाही गरिनेब बताए। सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६...

