हेलिकोप्टर दुर्घटनामा गए बास्केटबलका जादुगर कोबे
अमेरिकी प्रशिद्ध बास्केटबल खेलाडी कोबे ब्रायंटको आइतबार अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। आफ्नो नीजी हेलिकोप्टरमा यात्रा गरिरहेका ब्रायंटसँगै उनकी १३ वर्षिया छोरी जियानासहित ९ जनाको पनि उक्त दुर्घटनामा ज्यान गएको छ। संसार भरिबाट बास्केटबलका ५ महान खेलाडीको नाम लिइएमा कोबेको नाम पहिलो नम्बरमा लिइन्थ्यो। निधनसँगै संसारभर टुविटर र फेसबुकको शीर्ष ट्रेडमा उनकै नाम रहेकोबाट पनि उनी कति लोकप्रिय थिए भन्ने पुष्टि हुन्छ। कोबेको मृत्युको समाचारले नेपाली खेल...

