बिहे भोजपछि फैलिएको कोरोनाले २ जनाको मृत्यु

गुल्मी । गुल्मीको कालीगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराएका थिए । दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो ।...