बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त
बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले ब्यबस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका छन् । ब्यबसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजश्व प्रशासन र अर्थतन्त्र बिश्लेषणमा दखल राख्ने ओझा प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् । उनी ३३ बर्षका छन् । अध्यक्षका लागि...

