काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बाढीपहिरोबाट सात जनाको मृत्यु भएको छ। मेयर रामशरण भण्डारीका अनुसार बेपत्ता रहेका १७ जनामध्ये आइतबार दिउँसोसम्म ७ जनाको शव फेला परेको हो। बाँकी १० जना बेपत्ताको खोजीकार्य जारी रहेको मेयर भण्डारीले नेपालखबरलाई जानकारी दिए। ‘यहाँको अवस्था एकदमै जर्जर छ, हामी क्षतिको थप विवरण संकलन गर्दैछौँ,’ मेयर भण्डारीले नेपालखबरसँग भने, ‘३ वटा स्वास्थ्यचौकी, ७ वटा पक्की पुल र एउटा झोलुङ्गे पुलमा पूर्ण क्षति भएको छ।’ विद्यालयहरूको क्षति विवरणबारे जानकारी लिने...
द दोलखामा खोलाले बगाउँदा बुबाछोरा बेपत्ता भएका छन् । बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए । स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ । ...
धादिङ : उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन्। धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिरोले पुरेर मान्छे बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोककाराजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ। ...
काठमाडौं । इन्डोनेसियामा एक विमान बेपत्ता भएको छ । उडान भरेको केहीबेरमा नै श्रीविजया एयर बोइङ ७३७ विमान बेपत्ता भएको हो । फ्लाइट राडारलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उक्त विमान एक मिनेटमा १० हजार फिट तल झरेको थियो । उक्त विमान दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँको पारवहन मन्त्रालयले बेपत्ता विमानको खोजी जारी रहेको जनाएको छ । विमानमा ६२ जना सवार थिए । ...

