बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरे तेस्रो पटक विवाह
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो पटक विवाह गर्नुभएको छ । एउटा सानो पारिवारिक जमघटमा उहाँले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गर्नुभएको डेलीमेल यूकेले जनाएको छ । सन् २०१९ देखि सम्बन्धमा रहेका ५६ वर्षीय प्रधानमन्त्री जोन्सन र ३३ वर्षीया साइमण्डस्ले एक क्याथोलिक चर्चमा पुगेर विवाह गर्नुभएको समाचारहरुमा उल्लेख छ । बेलायतमा दुई सय वर्षयता प्रधानमन्त्री पदमै रहेर विवाह गर्ने जोन्सन पहिला व्यक्ति भएको दि टेलिग्राफले जनाएको छ । कोरोना भाइरसका...

