बौद्ध स्तुपअघिको सडक धान रोप्न अवस्था हुँदा पर्यटकमार्फत् विश्वव्यापी रुपमा के सन्देश जाला ?

असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन् । सम्पदा अघिको सडकको यो अवस्था हुँदा पर्यटकमार्फत् विश्वव्यापी रुपमा के सन्देश जाला रु, त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन । चाबहिल–चुच्चेपाटी सडकको अवस्था पनि यस्तै थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला रातारात यो सडक तयार भएको थियो...