बडादसैँकाे दाेस्राे दिन, ब्रह्मचारिणीकाे अाराधना गरिँदै
बडादसैँको दोस्रो दिन बिहीबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ। नवरात्रका समयमा जमरा...

