२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने

काठमाडौं। सन् २०२७ को महिला विश्वकप फुटबल ब्राजिलमा आयोजना हुने भएको छ। सो विश्वकपका लागि आठवटा सहरलाई आयोजकको रूपमा छनोट गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बुधबार यी आयोजक सहरको नाम सार्वजनिक गरेको हो। खेल सुरु हुने र फाइनल हुने स्टेडियम भने तोकिएको छैन। तर, उद्घाटन खेल साओ पाउलोमा र फाइनल ७८ हजार क्षमताको रियो दि जिनेरोस्थित म्याराकाना स्टेडियममा गरिने सम्भावना छ। जुन सन् २०१४ को पुरुष विश्वकपमा पनि...

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा प्रवेश

काठमाडौं । ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि ६४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए ।तर, भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।यस जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक...

मेस्सी बने कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।​ ब्राजिको माराकाना रंगशालामा आज बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल गरे। अर्जेन्टिनाका एन्जल डी मारिया फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिएका थिए । उनकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराउन...

ब्राजिल कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश

काठमाडौं : ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो।  ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ।  ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै...

चिनियाँ खोपले गम्भीर असर देखाएको भन्दै ब्राजिलमा ट्रायल रोकियो

बीबीसी । कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोपले सहभागीहरुमा गम्भीर असर देखाएको बताउँदै ब्राजिलमा भइरहेको ट्रायललाई स्वास्थ्यविद्हरुले रोकिदिएका छन् । ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार घटना २९ अक्टोबरमा भएको थियो जसबारे थप जानकारी सार्वजनिक गरिएको छैन ।  चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोप विश्वव्यापी रुपमा विकसित खोपहरुमध्ये अन्तिम चरणको ट्रायल गर्ने खोपमा पर्दथ्यो । उता साइनोभ्याकले चाहिँ आफ्नो खोपको सुरक्षा सम्बन्धी आफूहरु विश्वस्त भएको बताइरहेका छन् ।...

विश्वकप विजेताले पाउँदैन सक्कली ट्रफी, फाइनलमा मात्र पाइन्छ छुन

फुटबलको महाकुम्भ– विश्वकप आउन ६ दिन मात्र बाँकी छ। एसियाली देश रसियामा हुने विश्वकपको २१ औं संस्करण सुरु हुनै लाग्दा विश्वभरका फुटबल समर्थकमाझ यसको सरगर्मीु बढी सकेको छ। ३२ राष्ट्रले विश्वकप खेले पनि विश्वमै यसको प्रभाव छ। विश्वकपको बारेमा अहिले चिया पसल सामाजिक सञ्जाल र चोक चोकमा यसबारे बहस हुन थालेको छ। मन पर्ने टिमका जर्सी लगाएर समर्थन गर्नेको बाक्लो उपस्थितिले नेपाललाई पनि तताएको छ। सन् १९३० मा पहिलोपटक उरुग्वेमा आयोजना...