अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

एजेन्सी । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा अर्को उपाधि दावेदार अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान बनाएको हो । ब्राजिलका लागि खेलेका १९ औँ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७१ औँ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै टिमलाई फाइनल पुर्याउन सहयोग गरे । ब्राजिलले फाइनलमा चिली र पेरुबीचको विजेतासँग...