भरतपुर प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह बन्ने

चितवनको भरतपुरमा प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह बन्ने भएको छ ।चितवनको भरतपुरस्थित सिचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया शुरु भएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । गृहमन्त्रालयको निर्देशन अनुसार सो स्थान तय गरी जिल्लाबाट निर्णय गरेर केन्द्रमा पठाइ सकिएको प्रजिअ बस्नेतले बताउनुभयो ।कुनै पनि अपराधमा संलग्न भएर दोषी ठहर भएका १६ देखि १८ वर्षका बालबालिकालाई कारागारमा नराखी उक्त सुधार...