भरतपुर महानगर क्षेत्रमा वैकल्पिक रेलमार्गको अध्ययन गर्न समिति

भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ। भरतपुर महानगरपालिकाले आज बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो। रेल विभाग, परामर्शदाता कम्पनी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला छलफलमा सहभागी थिए। महानगर प्रमुख रेनु दाहालका अनुसार महानगर, रेल विभाग र कोरियन परामर्शदाताका प्रतिनिधि सहभागी भएर वैकल्पिक रेलमार्गको अध्ययन गर्ने सहमति भएको हो। महानगरपालिकाले भरतपुर वडा नं...

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख

 चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको ११ औँ अधिवेशन तथा नगर सभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन्। आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव भएको छ ।प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब...

भरतपुर महानगरमा ४४ हजार बढी मत रेणुकाे अग्रता कायमै

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ४४ हजार ३ सय ५ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ३४ हजार १ सय ७९ मत प्राप्त गरेर पछ्याई रहनुभएकाे छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय १५ मत प्राप्त गर्नुभएकाे छ । साेही महानगपालिकाकाे उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४५...