भरतपुर महानगरपालिकालाई धुम्रपानरहित बनाइने

चितवन । भरतपुर महानगरपालिकालाई धुम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ ।  महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धुम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत साता इण्डोनेशियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेकी थिइन् ।    सो कार्यक्रममा १२ देशका ४०...

भरतपुरमा बाघले मान्छे लग्यो

रत्ननगर, रासस । चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
-सन्देश दैनिक संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गएराति साढे १० बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आइतबार बिहान सवा नौ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ। सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो। बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका...